March 26, 2023

वाईवाई नेपालको आईपीओ आउदै ? यस्तो भन्छन् विनोद चौधरी

सेयर बजारमा उत्पादन कम्पनीहरुले साधारण सेयर (आईपीओ) निष्कासन गर्न थालेका छन् । शिभम सिमेन्टले आईपिओ जारी गरीसकेको छ भने सर्वाेत्तम सिमेन्टले बुक बिल्ङिबाट आईपीओ जारी गर्ने तयारी गरिरहेको छ ।

त्यसै गरी वाईवाई चाउचाउको पनि आईपीओ जारी गर्ने चौधरी ग्रुपले बताएका छन् । भारतमा पनि आईपीओ निष्कासन प्रकिया अगाडी बढिरहेको बेला नेपालमा पनि यसको आईपीओ निष्कासनबारे चर्चा चुलिएको हो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले पनि वाईवाई नेपालको सेयर बजारमा आउने बताएका छन् ।

चौधरीले वाईवाई नेपालको आईपीओ छिट्टै बजारमा आउने बताएका छन् । उनले एक अन्तरवार्तामा वाईवाई नेपालको आईपीओ बजारमा आउने बताएका हुन् । चौधरी ग्रुपमा आजसम्म कुनै लगानीकर्ताको लगानी डुबेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *