सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासनको लागि संस्थाको तेश्रो साधारण सभा बाट प्रस्ताव पास गरेको छ।
कम्पनीको सभा कोरोना भाइरसको महामारीको जोखिमलाई ध्यान दिएर भर्चुअल माध्यमबाट कम्पनीको प्रधान कार्यालय कमलादीमा सम्पन्न भएको हो ।केयर रेटिङ नेपाल(इक्रा)ले कम्पनीको आईपीओलाई ‘केयर एनपी ट्रिपल बी मानस’ रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ ।
कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छसानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्म रू. ९ करोड ३६ लाख ८६ हजार खुद नाफा गरेको छ जुन गत वर्षको खुद नाफा रू. ८ करोड ३८ लाख ३८ हजार भन्दा ११ दशमलव ७५ प्रतिशत बढी हो ।
कम्पनीको हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । कम्पनीले यो वर्ष रू. १२ करोड २७ लाख ९० हजार कुल आम्दानी गरेको छ भने रू. २ करोड ९१ लाख ४ हजार खर्च गरेको हो ।
जीवन बीमा कोष रकम बढेर रू. १ अर्ब ९२ करोड ३५ लाख पुगेको छ । गत वर्ष रू. २ करोड १० लाख ८९ हजार बीमालेख धितोकर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ३२ लाख ४८ हजार प्रवाह गरेको हो ।
यस वर्ष कम्पनीले रू. १ अर्ब ४७ करोड ८२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ८ करोड ५० लाख ५२ हजार कुल दाबी भुक्तानी गरेको छ । सानिमा लाईफ इन्स्योरेन्सलेसर्वसाधारणमा रू. ६० करोड बराबरको आईपीओ सर्वसाधारणमा जारी गर्ने तयारी गरि रहेको छ।