June 1, 2023

चन्द्रागिरीको शेयर ९५% कित्ता शेयर ब्रोकरको हातमा, अब के हुन्छ ? हेर्नुस

चन्द्रागिरी हिल्स लिमेटडको शेयर खरिदमा एउटै ब्रोकर कम्पनी हावी देखिएको छ । पछिल्लो समय यस कम्पनीको शेयर मुल्यमा निरन्तर सकरात्मक सर्किट लाग्दै आएको छ । यसरी कारोबार भइरहेको यस कम्पनीको शेयर खरिदमा बुधबार ब्रोकर नम्बर ५९ हावी देखिएको छ ।

बुधबार उक्त कम्पनीको २ हजार १३० शेयर खरिद बिक्री भएको थियो । त्यसमा २ हजार ८० कित्ता शेयर ब्रोकर नम्बर ५९ अर्थात् दिव्या सेक्युरिटीज तथा स्टक हाउसले मात्र किनेको छ ।

यस बाहेकका ५० कित्ता शेयर भने अन्य ब्रोकर कम्पनीले किनेका छन् । ब्रोकर नम्बर ५८ ले १०, ब्रोकर नम्बर १८ ले १० र ब्रोकर नम्बर ३८ ले ३० कित्ता शेयर खरिद गरेको छ ।

पछिल्लो समय निरन्तर बढ्दै गएको यस कम्पनीको पछिल्लो शेयर मुल्य रु. ८०४ रुपैयाँ रहेको छ । बुधबार यस कम्पनीको १७ लाख ११ हजार बराबरको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *